रिपोर्टर्स सेभेन,
पुष ९, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तेस्रो दिन आज पानी बस्ने भएको छ ।
बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।
हिजोको बैठकमा चुनावमा जाने कि आन्दोलनमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको थियो। आजको बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताएका छ । देउवा पक्ष चुनावमा सहभागी भएर कांग्रेसलाई आएको अवसर उपयोग गर्नुपर्ने पक्षमा छ भने पौडेल समूह आन्दोलनमा जानुपर्ने अडानमा रहँदै आएको छ ।