रिपोर्टस सेभेन,
हरेक वर्ष जस्तै यस बर्ष पनि अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्ष बिदाई अवसरमा सडक महोत्सवले निरन्तरता पाउने भएको छ ।
पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको यो महोत्सव अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिए पनि यो पटक भने कोरोना त्रासका कारण तीनदिन मात्र गरिने आयोजकले जनाएको छ ।
पुस १५ देखि १७ गतेसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुदैछ ।
कोरोना महामारी संगै महोत्सव आयोजना गर्ने कि नगर्ने भनेर निर्णय लिन गाह्रो भैरहदा पछिल्लो समय संक्रमण केही घटेर अवस्था सहज भएको अनुभव गरेका कारण गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँग छलफल गरेर महोत्वस गर्न लागिएको पनि आयोजकले जनाएको छ ।
त्यस्तै सडकमा मात्र सिमित कार्यक्रम हुने महोत्सवमा दिउँसो तीनबजेदेखि महोत्सव हुने स्थल तीनकिलोमिटर क्षेत्रलाई नो भेइकल जोन घोषणा गरिने पनि आयोजकले जनाएको छ तीनदिनमध्ये पहिलो र तेश्रो दिन राती १० बजेपछि र इदका दिन मध्यरातसम्म कार्यक्रम हुने जनाइएको छ ।