रिपोर्टस सेभेन,
पुष ९, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि विद्यालय धमाधम बन्द हुन थालेका छन् ।
बिहीबारसम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक शैक्षिक संस्था बन्द भएका छन् । शिक्षक कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन भएको केही दिनमै धनगढी उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालय धमाधम बन्द हुनथालेका हुन् ।
शिक्षकमा शंकास्पद लक्षण देखिएपछि परीक्षण गराउँदा एकजना शिक्षकलाई कोरोना पुष्टि भएकाले एक साताका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।
अभिभावकहरूले निजी शैक्षिक संस्था सञ्चालकले कोरोना संक्रमण लुकाएर जोखिम मोल्दै विद्यालय सञ्चालन गर्ने गरेको आरोप लगाउन पनि थालेका छन् ।