/स्याङ्गजाका १ सहित बिहिबार गण्डकी प्रदेशमा ३ संक्रमितको मृत्यु – Gandaki Update

स्याङ्गजाका १ सहित बिहिबार गण्डकी प्रदेशमा ३ संक्रमितको मृत्यु – Gandaki Update

 पुष ९, बिहिबार गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको  छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार ज्यान गुमाउनेहरुमा तनहुँका २ र स्याङ्जाका १ जना रहेका छन्  ।

मृत्यु हुनेहरुमा स्याङ्जाको फेदीखोला गाउँपालिका १ का ७४ वर्षे वृद्धा, तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ७१ वर्षे वृद्ध र  म्याग्दे गाउँपालिका ५ का ७३ वर्षे वृद्ध रहेको पनि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

योसहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ ।