/प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज साँझ ६ बजे बस्ने मन्त्रिपरिषद बैठकमा बागमती प्रदेश सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावका साथै मन्त्रिपरिषद पुनर्गठनको बिषयमा पनि छलफल हुने बताइएको छ ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले बागमती प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। यसअघि नै प्रधानमन्त्री ओलीले प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याए आफू चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए।

पूर्व माओवादी र माधव नेपाल निकट दुई गरी सात जनाले राजीनामा दिएपछि रिक्त मन्त्रालयमा प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।