/बागलुुङमा आएको च्याउको बिउ वितरणमा चरम लापरवाही

बागलुुङमा आएको च्याउको बिउ वितरणमा चरम लापरवाही

रिपोर्टस सेभेन ,

बागलुुङमा आएको च्याउको बिउ वितरणमा लापरवाही गरेको पाइएको छ ।

बाग्लुङ्ग  बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरले अनुुदानमा आएको च्याउको बिउ वितरणमा चरम लापारवाही भएको पाइएको हो ।
हुग्दिशिर वडाभरका कृषकहरुलाई वितरण गर्ने गरि प्राप्त बिउमा कसैलाई काख कसैलाई पाख गरिएको किसानहरुले बताएका छन्  ।
वडा कार्यालय नजिकै घर भएका सन्तबहादुर श्रीसलाई ६५ संख्या टिपाएमा ७० पोका बिउ दिँदा अन्य किसानलाई भने टिपाएको संख्या  कटौती गर्दै एक–दुुई पोका मात्रै दिइएको वडा कार्यालयले राखेको भरपाईमा भेटिएको छ  ।
यस विषयमा वडा कार्यालयमा कुराकानी गर्दा आफूलाई कुन कृषकलाई कति दिने, समान तरिकाले दिने वा नदिने भन्ने बारेमा जानकारी नभएकाले गलत हुन गएको बताउँदै वडा सचिव सिमाना छन्त्यालले, आफुहरुलाई  कृषि कार्यालयले पहिलै बुझाइदिएको भए विवाद नहुने बताएकी छन्  ।

अझ कृषि शाखाबाट सिधैँ वडामा पठाउनुु पर्ने बिउ पनि कार्यालय नजिकैका एक व्यक्तिको घरमा पठाएपछि मनलाग्दो तरिकाले बिउ लगेको र वडा कार्यालयमा भरपाई गर्दा थोरै संख्यामा गरेको नाम नबताउँँने सर्तमा एकजना किसानले गुनासो गरेका छन् ।
अन्य किसानहरुको गुुनासो भने  अर्कै छ, “कृषि शाखा कार्यालय र वडा कार्यालयले विभेद ग¥यो, चिनजानको आधारमा अनुुदानमा आएको बिउमा चलखेल गरियो ।”
कृषि शाखाबाट अनुदानमा च्याउ र प्लाष्टिक वितरणका लागि पालिकाले भने चालुु आर्थिक वर्षमा ५० हजार बजेट विनियोजन गरेको छ ।