/आज विश्व बक्सिङ दिवस , बिभिन्न खेलहरु सुरु गरिंदै

आज विश्व बक्सिङ दिवस , बिभिन्न खेलहरु सुरु गरिंदै

काठमाडौं– आज विश्व भर बिभिन्न कार्यक्रम गरि विश्व बक्सिङ डे मनाइदै छ । हरेक बर्ष जस्तै यस वर्ष पनि  डिसेम्बर २६ का दिन  विश्व बक्सिङ डे मनाउन लागिएको हो । बक्सिङ डे पारेर विभिन्न खेलहरु पनि शुरु गरिदैँछ ।

 न्युजल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले  पहिलो टेष्ट अन्तर्गत टस जितेर घरेलु टिम न्युजल्यान्डलाइ ब्याटिङको निम्ता दिदै आज बिहान ३:४५ बजेबाट खेल खेलिरहेको छ ।

त्यसैगरी  एस्टन भिल्ला र क्रिस्टल प्यालेस तथा फुलह्याम र साउथ ह्यामटन पनि आजै भिड्दैछन् ।

त्यस्तै दक्षिण अफ्रिका र श्रीलङकाबिचको पहिलो टेष्ट आज दिउसो १:४५ बाट सेन्चुरीयन रंगशालामा शुरु हुँदैछ । उता बक्सिङ डे कै अवसर पारेर इङलिस प्रिमियर लिग अन्तर्गत आज ६ खेलहरु खेलिदैछन् जसमा नेपाली समयअनुसार साँझ ६:१५ बजे लेष्टर सिटि विरुद्ध म्यानचेष्टर युनाइटेड आमनेसामने गर्दैछन् ।

बक्सिङ डे कै सबैभन्दा रोमान्चक मानिएङ्को लन्डन डर्बिमा आर्सनल र चेल्सी नेपाली समय अनुसार आज राती ११:१५ बजे इमिरेट्स मैदानमा भिड्दैछन् ।