/जागौं नेपालको छड्के- पोखरामा सार्वजनिक सवारीको चरम दुरुपयोग

जागौं नेपालको छड्के- पोखरामा सार्वजनिक सवारीको चरम दुरुपयोग

पुष ११,  पोखरा | पोखरामा  सार्वजनिक बिदामा पनि सरकारी गाडीको चरम दुरुपयोग हुनेगरेको भेटिएको छ । जागौ नेपालका अभियान्ताहरुले आज शनिबार पोखरामा  गरेको छड्के परिक्षणमा केहि राजनीतिक पहुँचकै आधारमा  सवारी साधनको खुला रुपमै चरम दुरुपयोग भैरहेको भेटिएको हो ।

जागौ नेपालका अभियान्ताहरुले पोखरा पृथ्वीचोक स्थित केहि समय निरीक्षण गर्दा ५ ओटा चार पांग्रे  सार्वजनिक गाडीहरु प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीलाई जिम्मा लगाइसके पछी केहि समय पछी गएर हेर्दा ति समातिएका गाढी छाडी सकिएको  अभियानकी केन्द्रीय सचिव ज्ञानु आचार्यले बताएकी छन् । त्यस्तै  घरायसी सामान बोकेर हिडेको सार्वजनिक सवारीलाई पनि प्रहरीले कुनै सोधपुछ नै नगरी छाडिएको पनि अभियान्ताहरुले बताएका छन् ।

यस्तै सार्वजनिक दिनमा पनि  सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै जाँदा त्यस्ता सरकारी सवारी प्रयोगकर्तालाई  निरुत्साहित गर्ने उद्देश्यले खटिएका जागौं नेपालका अभियान्ताहरुलाई पुलिस प्रशासनले असहयोग गरेको भेटिएको छ  । सार्वजनिक सवारी जांच आफुहरुलेनै गर्ने भनि  निरीक्षणका लागि पृथ्वीचोकमै बसेका अभियान्ताहरुलाई  प्रहरीले छेउछाउमा बस्न लगाएको थियो । तर अभियान्ताहरुले भनेअनुसार त्यस्ता सवारीलाई रोक्दै नरोकी पठाएको उनीहरुको गुनासो छ । अभियानका एक अभियान्ताले यसरि जांचनै नगरी किन छोडियो भन्ने प्रश्नमा एक प्रहरीले ”हामीले रोकेर के गर्नु माथिबाट आदेश आउछ ” भन्दै अभियान्ताहरुको गतिलो प्रयासलाई निरुत्साहित समेत गरेका थिए ।