पुस ११, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मनत्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८४० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४९ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ।