/पोखरामा चल्ने नगर बसले दिएनन् बिधार्थी परिचय पत्रको आधारमा छुट

पोखरामा चल्ने नगर बसले दिएनन् बिधार्थी परिचय पत्रको आधारमा छुट

पुष १२, पोखरा | पछिल्लो समय बिधार्थीहरुले पोखरा महानगर भित्रका माइक्रो बसमा  भाडामा पाउँदै आएको भाडा सहुलियत नपाएको पाइएको छ ।

पछिलो समय कोरोना महामारीमा  रहेको बेलामा धेरै जस्तो कार्यालय ,हल आधि बन्द थिए। झन्डै ८-९ महिना पछि बिभिन स्वास्थ्य मापदण्ड पालना गरि बिद्यालय /क्लेजहरु खुलेको देखिन्छ। कतिपय सवारीमा बिधार्थी सहुलियत माग गर्दा बिधालय बन्द रहेका कारण बिधार्थी सहुलियत नदिने बताउदै आएका उनीहरु पछिल्लो समय बिधालय संचालनमा आइसक्दा पनि बिधार्थीहरुले आफ्नो परिचय पत्रका आधारमा भाडामा सहुलियत नपाएको गुनासो गरेका छन्   ।

रिपोर्टर सेभेनका सहकर्मी अशिम पौडेलले पोखरा महानगरमा चल्ने सवारी साधनमा छड्के रिपोर्टिङ गर्ने क्रममा पनि सवारी चालक र सहचालकले विभिन्न बाहाना बनाएर पुरै भाडा उठाउने गरेको भेटिएको छ ।