/पोखरामा आगलागी, स्थानीय भन्छन् दमकल समयमा आएन

पोखरामा आगलागी, स्थानीय भन्छन् दमकल समयमा आएन

पोखरा , पोखराको मोहोरिया टोल नजिकै रहेको एक गोठमा केही समय अघि आगलागी भएको छ  । गोठमा रहेको परालबाट आगो फैलिएको स्थानीयले बताएका छन्  ।

स्थानीयका अनुसार आगो लाग्नासाथ दमकललाई खबर गरे पनि दमकल आउन ढिलाई भएका कारण स्थानिय टोलवासीकको  सक्रियतामा आगो नियन्त्रणमा लिएपछि मात्र दमकल पुगेको थियो  ।

गोठ नजिकै छेउछाउमा रहेको घरधनीहरूले मोटर चलाउँदै पानीको पाइप गोठमा सम्म पुराएर आगो निभाउन सफल भएका थिए।