/गण्डकी प्रदेश सरकारलाई जनमोर्चाको साथ, बलिया देखिए मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेश सरकारलाई जनमोर्चाको साथ, बलिया देखिए मुख्यमन्त्री गुरुङ

१३ पुस, पोखरा ।  राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई समर्थन यथावत रहने बताएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा गएको यो अवस्थामा  प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समर्थन गर्न आग्रह गरेकाले समर्थन कायम राखिएको बताइएको छ  ।

यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि तत्काललाई सरकारबाट नहट्ने बताइरहेको छ । कानुनमन्त्री हरिबहादुर चुमानले तत्काल सरकारबाट हट्ने विषयमा छलफल नभएको बताएका थिए ।

गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनमोर्चाले सरकारलाई समर्थन गर्ने भएपछि गुरुङ नेतृत्वको सरकार यथावत रहने सम्भावना देखिएको छ ।