/अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु, १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि

अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु, १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि

एजेन्सी,

अमेरिकामा  पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि भएको  छ ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ ।

त्यस्तै  अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु भएको छ ।  यो संगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४१ हजार १३८ पुगेको हो  ।

उपचार गराइरहेका ७७ लाख ३६ हजार ८३४ जनामध्ये २८ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८७५ जना संक्रमणमुक्त भएका छन् ।