/पोखरामा नेपालकै पहिलो टावर क्लाइम्बिङ सुरु, बन्जी पनि छिट्टै सुरु गरिने

पोखरामा नेपालकै पहिलो टावर क्लाइम्बिङ सुरु, बन्जी पनि छिट्टै सुरु गरिने

पुष १४, पोखरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु भएको छ ।

बन्जी नेपाल एड्भेन्चर्स प्रालीले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु गरेको हो ।

अध्यक्ष सन्तोष भट्टराईका अनुसार  ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा पूर्ण सुरक्षा सावधानीमा क्लाइम्बिङको संरचना तयार गरिएको छ । टावर क्लाइम्बिङको लागी प्रतिव्यक्ति  एक हजार रुपैयाँ तोकिएको पनि अध्यक्ष भट्टाराईले बताउनुभयो  ।

क्लाइम्बिङ टावर संगै  बन्जी पनि  सुरु गरिने  अध्यक्ष भट्टराईले बताउनु भएको भएको छ ।