पोखरा, बर पिपल रिसोर्ट पोखराले नयाँ वर्ष २०२१ लाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी रिसोर्टले अफर सहितको प्याकेजहरु ल्याएको जनाएको छ ।
अध्यक्ष जितु गुरुङका अनुसार २ रात ३ दिनको लागि ९ हजार ९ सय ९९ रुपैयाँदेखि २१ हजार ९ सय ९९ रुपैयाँसम्मको आकर्षक प्याकेज सार्वजनिक गरिएको हो ।
रिसोर्टले पाहुनालाई बसपार्क र एअरपोर्टसम्म पिकअप र ड्रपआउट, लन्च वा डिनर एक दिन, एक घन्टाको साउना, प्रत्येक दिन ब्रेकफास्ट प्याकेजमा निःशुल्क समावेश गतेको पनि जनाएको छ । अघ्यक्ष गुरुङ्गका अनुसार खानामा १० प्रतिशत छुट, स्पामा २० प्रतिशत छुट लगायत सुविधा पाहुनाले प्राप्त गर्नेछन् ।