/मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

पुष १४, मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रतिनिधि सभा विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।

उक्त निवेदनमा कामचलाउ सरकारले मन्त्रिपरिषदमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न नसकिने उल्लेख छ । अधिवक्ता त्रिपाठीले गएको पुस १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन बदर गर्न समेत माग गरेका छन् ।

यसअघि लोकेन्द्र बलीसहितले रिट दायर गरेका थिए । सो रिटको बुधबार पेसी तोकिएको छ ।