पुष १४, मंगलबार देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
यस्तै मंगलबार ७३१ जना निको भएर फर्किएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसँगै मृतक संख्या १ हजार ८४० पुगेको छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सक्रिय संक्रमित संख्या ६ हजार ३९६ रहेको छ भने क्वारेन्टिनमा ३६५ जना रहेका छन् ।