/आन्दोलनमा सहभागी उखु किसानले बक्यौता नै नपाइ गुमाए ज्यान

आन्दोलनमा सहभागी उखु किसानले बक्यौता नै नपाइ गुमाए ज्यान

पुष १४, काठमाडौंको माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी एक किसानको मृत्यु भएको छ । आन्दोलन अवधिभर चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बस्दै आएका किसानको मृत्यु भएको हो 

 

सर्लाही धनकौल छोटवल टोलका करिब ६०र६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयरोगबाट निधन भएको किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ रायले जानकारी दिए ।

‘मंगलबार बिहान उहाँको मृत्यु भएको हो । म पनि त्यसतर्फ जाँदैछु । विस्तृतमा जानकारी लिन बाँकी छ’, अध्यक्ष राम स्वार्थले मकालु खबरसँग भने, ‘उहाँको परिवारलाई पनि खबर गरिएको छ । काठमाडौं आउँदै हुनुहुन्छ ।’

मृतक किसानको मात्रै २४ लाख ६३ हमार रुपैयाँ लिन बाँकी थियो । उनको बिहानीपख स्वास्थ्य खराब भएपछि अस्पताल पुर्याइएको थियो । मंसिर २८ देखिको किसान आन्दोलनमा सहभागी भएका उनको उपचारका क्रममा निधन भएको हो ।