तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसार २०७७ को अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्त गर्नुभएको शुभकामना सन्देश :
तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसार २०७७ को अवसरमा गुरुङ समुदायलगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । हाम्रो देशमा ठाउँ÷समुदाय विशेष अनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभूषा रहेका छन्, जुन हाम्रो पहिचान पनि हो । गुरुङ समुदायले पनि आफ्नो संस्कृति संरक्षण तथा प्रबद्र्धनमा प्रथामिकता दिँदै आएको छ । विविधतामा एकता भएको देश नेपालमा यस्ता राष्ट्रिय पर्वले सबै नेपालीहरूबीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान, प्रेम र बन्धुत्व बढाउन मद्दत गरेको छ । विगतमा गुरुङ समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला आयोजना गरी मनाउँदै आएको तमु ल्होसार पर्व यसवर्ष कोरोना भाइरस (कोभिड–१९)का कारण स्वास्थ्य सजकताका साथ मनाउन आग्रह गर्दछु । अन्त्यमा गुरुङ समुदायलगायत समस्त नेपालीहरूमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । १५ पुस,२०७७ । गणेशप्रसाद तिमिल्सिना