/पोखरा सडक महोत्वस आज देखि सुरु

पोखरा सडक महोत्वस आज देखि सुरु

पुष १५, पोखरा |  पोखरा लेकसाइड स्थित आज देखि सडक महोत्सव सुरु भएको छ  । कोरोना कहरका कारण हुने नहुने दुबिधामा रहेको महोत्सव आजदेखि सुरु भएको हो  ।

आयोजक रेवानका अनुसार कोरोना महामारी संगै स्वास्थ्य मापदण्ड आपनाएर भए पनि महोत्वस सुरु गरिएको हो  । देशैभर ब्यापार व्यवसाय ठप्प भएका बेला  अब पोखरा खुल्ला छ भन्ने संदेश दिदै महोत्सव सुरु भएको जनाइएको छ  । व्यापारिक केन्द्र लेकसाइड स्थित बिभिन्न ठाउमा कोरोना बाट बच्ने उपाय र सावधानीका विषयमा सचेतना गराउदै  सबैलाई मास्क अनिवार्य गरिएको छ  । बिभिन्न प्याकेजमा खानाका परिकार संगै अन्य व्यवसायका स्टलहरु पनि राखिएको आयोजकले जनाएको छ  । 

त्यस्तै यो बर्षको २२औं महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए  । कार्यक्रममा विभिन्न भेषभुसामा सजिएका बिभिन्न  समूहद्वारा  र्याली समेत गरिएको थियो ।