/दिल्लीमा आठ जनामा देखियो नयाँ कोरोना भाइरस

दिल्लीमा आठ जनामा देखियो नयाँ कोरोना भाइरस

पुष १५, भारतको राजधानी नयाँदिल्लीमा  बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ ।

योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ ।

मंगलबार मात्र भारतमा २० हजार ५५० जना नयाँ संक्रमित थपिएका छन् । या सँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २४ लाख नाघेको छ । त्यसमध्ये एक लाख ४८ हजार ४३९ जनाको ज्यान गइसकेको छ भने ९८ लाख ३४ हजार १४१ जना निको भइसकेका छन् । एजेन्सी