/प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

पुष १६, दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् ।

प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।  आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ ।

यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ ।

त्यसैगरी  सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

यस्तै हिजोको दोस्रो खेलमा वाग्मती प्रदेशले गण्डकीलाई ६५ रनले हराएको थियो  ।