/आन्दोलनका नाममा अदातलाई धम्क्याउन मिल्दैन : देउवा

आन्दोलनका नाममा अदातलाई धम्क्याउन मिल्दैन : देउवा

पुष १६, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् ।

मेलमिलाप दिवसका अवसरमा बिहीबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक भएको  बताएका छन्।

सभापति देउवाले कुनै पनि बहानामा कसैको पनि एकदलीय शासन नमान्‍ने प्रष्ट पारे। ‘प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक विधि अनुसार अहिंसात्मक रुपमा अघि बढ्नुपर्छ’, उनले भने। देउवाले स्वतन्त्र न्यायालय बचाए मात्रै लोकतन्त्र बच्ने प्रष्ट पारे। ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वतन्त्र न्यायालयको निर्णय हामी सबैले मान्‍नुपर्छ,’ देउवाले भने, ‘हामी संसद विघटनपछिका सबै कुरा नेपाली जनतामाझ पुर्‍याउन चाहन्छौँ।’

सभापति देउवाले कुनै पनि बाहनामा एकदलीय शासन नमान्ने बताउदै  प्रजातान्त्रिक  तरिकाले अघि बढ्नुपर्ने बताए ।