/अहिलेको भर्चुअल शिक्षा, शिक्षकका समस्या र भोलिको शैक्षिक स्तर

अहिलेको भर्चुअल शिक्षा, शिक्षकका समस्या र भोलिको शैक्षिक स्तर

डिआर काफ्ले,
अहिलेको परिवेशमा विद्यालय तथा कलेजहरुले विभिन्न माध्यमद्वारा शिक्षण सिकाइलाई निरन्तरता दिँदै आइरहेका छन्। 
अनलाइन कक्षा, टिभी र रेडियोमार्फत दूर शिक्षा, र अन्य विधिबाट अभिभावक र विद्यार्थीको पहुँचअनुसारका माध्यम र सामग्री प्रयोग गरि पढाइलाई सहजीकरण गर्दै आइरहेका छन्।
यसबाट विद्यार्थीहरु अवश्य पनि लाभान्वित भएका छन् तर पनि कक्षाकोठामै पढाउँदा प्राप्त भए जस्तो नतिजा प्राप्त गर्न पक्कै पनि त्यति सजिलो छैन । अझ कतिपयको अवस्थामा त यी माध्यमहरुको पहुँच नै पुगेको छैन। 
पहुँच कै कुरा गर्ने हो भने, शिक्षामै पहुँच नपुगेका बालबालिकाहरु पनि  कैयौँ छन्। 
त्यसैले, यो संकटको अवस्थामा ज-जस्ले जस्तो कोशिश गरेर अघि बढेका छन् त्यो नै अहिलेको परिवेशमा काफी मान्नु पर्दछ | 
भर्चुअल कक्षा संचालनका लागि माध्यम जुटाउन अभिभावकले बच्चालाई जति लगानी गरेका छन् त्यतिकै लगानी र अभ्यास शिक्षकले पनि अवस्य गरेका छन् | 
तर यति कोशिश गर्दा पनि के निजी विद्यालय र कलेजका शिक्षक र प्राध्यापकहरुले पाउनुपर्ने पारिश्रमिक पाएका छन् त? पारिश्रमिकको कुरा त छोडौँ, त्यसको जस समेत पाएका छैनन्।
कतिपय बिधालयले पारिश्रमिक उपलब्ध गराएता पनि धेरै जसो बिधालयले आंशिक पारिश्रमिक दिएजस्तो मात्र गरेका छन् | अझै कतिपय बिधालयहरुले त गत चार महिनादेखिको तलब तथा पारिश्रामिक पनि नदिएका उदाहरण पनि थुप्रै छन् यस्तो अवस्थामा शिक्षक र प्राध्यापकहरुको अवस्थाका बारेमा कसले सोच्ने?
धेरै थोरै तलब हुँदा सरकारलाई कर तिरिरहेका ति शिक्षकहरुको समस्या र कठिनाइका बारेमा कसले सोच्ने ?
विद्यार्थीहरुलाई स्वावलम्बी बनाउन प्रयत्नरत ती समग्र शिक्षकहरु, जसले विद्यार्थीको अज्ञानतालाई छिचोलेर कर्मयोग्य, स्वावलम्बी, ज्ञानी र अनुशासित बनाएर समाजमा प्रस्तुत हुने क्षमता प्रदान गर्छन, उनीहरुको बारेमा कसले सोच्ने? हामीलाई लाग्ला यो सबै व्यापार हो। तलब लिएको भएर त शिक्षकले पढाएका छन्, नभए कहाँ पढाउँथे? यसकुरालाई एकपटक गम्भीर भएर सोचौं त ! 
अनि त्यहीं पढाएको शुल्क तिर्न, त्यही हामीले बुझेको व्यापारका सिद्धान्तमै मान्य हुन हामी किन तयार छैनौँ? त्यही मिडियाबाट पढाउने शिक्षक, त्यही अनलाइनमा पढाउने शिक्षकले सिकाएको कुरा लिनका लागि हामी हाम्रा बालबालिकालाई आग्रह गर्छौं, तर उनीहरुको मेहनतका बारेमा हामीले किन नसोच्ने ?
देशको मेरुदण्ड मानिएको शैक्षिक क्षेत्र केहि बर्ष सम्म यस्तै रहिरहने हो भने  देशको शैक्षिक अवस्थाको हालत के होला कलपना गरौँ त ! 
जुन मुहान बाट पानी आउने हो त्यहि मुहानमा गएर दुषित गरिदिने हो भने हामीले शुद्द र पिउन योग्य पानीको आशा गर्न सकिएला कि नसकिएला त एकपटक आफुले आँफैलाई प्रश्न गरौँ त, त्यस्तै तरिकाले जुन ज्ञानगुनका कुरा सिकाउने र असल मार्ग डोर्याउने शिक्षकको अहिलेको यो अवस्थामा के बालबालिकाहरुले पाउनु पर्ने गुणस्तरीय शिक्षा पाउलान त ? देशको शैक्षिक स्तर सोचे जस्तै राम्रो होला त ? सोचनीय बिषय बनेको छ |