/नयाँ चलचित्र कौसीद बनाउने ऋचा शर्माको घोषणा

नयाँ चलचित्र कौसीद बनाउने ऋचा शर्माको घोषणा

काठमाडौं। नायिका ऋचा शर्माले नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ चलचित्रको घोषणा गरेकी छिन्। उनले चलचित्र ‘कौसीद’ बनाउन लागेकी हुन्। 

 

केदार भुसाल निर्माता रहेको उक्त चलचित्रको निर्देशन कुमार भाष्करले गर्नेछन्। 

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । लक्ष्मण बाँनिया सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र बैंकबाट ऋण लिने मानिसको कथामा बन्न लागेको हो । 

नयाँ जोास र पूर्ण उत्साहका साथ नयाँ कामतिर लक्षित भएर चलचित्र निर्माणमा लागेको उनको बताएकी छन् ।

माघ १ गतेबाट चलचित्र छायांकनमा जानेछ। काठमाडौं वरपर नै छायांकन गरिने उक्त चलचित्र २० दिनमा छायांकन पूरा हुने ऋचाको भनाइ छ।