पुष १७, हिजो आज देशभर विभिन्न संघठनका विभिन्न प्रदर्शनहरु भैरहेका छन् । सत्ता पक्ष र विपक्षको मात्र नभई सत्ता पक्षले सत्ता पक्षकै बिरोध पनि हिजो आज सुन्न थालिएका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आज बृहत भेला गरेको छ । हिन्दूराज्य र राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बृहत प्रदर्शन गरेको हो ।
बेलाबेलामा राजावादी भनेर चिनिने र राजाकै पक्षमा वकालत गर्दै आएको राप्रपाले देशको यो विषम परिस्थितिमा राजा आउ देश बचाउ भन्दै पुन आन्दोलन सुरु गरेको हो ।
प्रदर्शन काठमाडौँको बृकुटीमण्डपबाट सुरु हुँदै रत्नपार्कपुगी कोण सभामा परिणत भएको थियो ।
बृहत प्रदर्शनमा राप्रपाका बरिष्ठ नेता कमल थापा, डा. प्रकाश चन्द्र लोहनी, पशुपती शमशेर राणलगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।