/छोरेपाटन माध्यमिक बिधालयको ४२ औ वार्षिकोत्सव सम्पन्न

छोरेपाटन माध्यमिक बिधालयको ४२ औ वार्षिकोत्सव सम्पन्न

पुष १७, पोखरा | पोखराको छोरेपाटन स्थित  छोरेपाटन माविले आफ्नो  वार्षिकोत्सव सम्पन्न गरेको छ।

कोभिड १९ का कारण लामो समय देखि सम्पन्न हुन नसकेको कार्यक्रम यसपटक भने   पूर्ण सुरक्षाको मापदण्डलाइ ख्याल गर्दै बिधालयले आफ्नो ४२औ वार्षिकोत्सव सम्पन्न गरेको हो  ।

झपेन्द्रराज रेग्मीको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा   कार्यक्रममा केही शिक्षक, विद्यार्थी , सल्लाहकार, कर्मचारी र विगतका सदस्यहरूको उपस्थिति रहेको थियो ।

   पोखरा १७ का अध्यक्ष  तीर्थराज अधिकारी को प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा   बिधालय व्यवस्थापन समितिका भुत पुर्व सदस्य  देवराज अाचार्य , पोखरा १७ नेकपा अध्यक्ष  सुवास दुङ्गना सहितको सहभागिता रहेको थियो।

बिधालयको वार्षिक उत्सवको अवसर  पारि   युवा रेडक्रस सर्कलले  रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

भर्चुअल रुपमा समेत प्रत्यक्ष प्रशारण गरिएको सो कार्यक्रमको संचालन मेघनाथ पौडेलले गरेका थिए ।