/आज नेकपा ओली समूहले ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

आज नेकपा ओली समूहले ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

पुष १८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ। काठमाडौं जिल्ला कमिटीको आयोजनामा उक्त भेला गर्न लागेको जनाएको छ । 

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

आज  दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भेला आयोजना गर्ने बताइएको छ।