/मोटरसाइकलमा सवार एक महिलालाई पाटे बाघले झम्ट्यो

मोटरसाइकलमा सवार एक महिलालाई पाटे बाघले झम्ट्यो

पुष १८,  बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटे बाघले झम्टेर लगेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिकबाट कैलाली लम्किचुहा नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको हो । बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले बताउनुभएको छ  ।

उपचारपछि सु. प. प. ०१ ०० ८ प ६८ ०१ नम्बरको मोटरसाइकलमा घर फर्कदै गर्दा बाघले आमालाई आक्रमण गरेको नन्दकलाका छोरा सन्तोष थापाले बताए  ।