पुष १८, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अरु प्रदेशमा जस्तो सरकारविरुद्ध अविश्वासको प्रस्ताव गण्डकीमा आउने सम्भावना नरहेको बताउनु भएको छ ।
कार्यकर्ता भेला कार्यक्रमका लागि गोरखा सदरमुकाम पुगेका मुख्यमन्त्री गुरुङले संचारकर्मीहरु संग कुरा गर्दै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आउने सम्भावना नरहेको बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याए सामना गर्न आफू तयार रहेको पनि बताएका छन् । त्यसैगरी कार्यक्रममा बोल्दै उनले प्रचण्ड–नेपाल पक्षकै कारण बाध्य भएर प्रधानमन्त्रीले संसद विघटनको निर्णय लिनुपरेको बताएका छन् ।
त्यस्तै उनले संसद विघटनकै कारण पार्टी फुट्नुपर्छ भन्ने मान्यता आफूहरुको नरहेको बताएका छन् ।