पोखरा | चाउथेमा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नव निर्माण हार्डवेयर र मकर फर्निचर तथा उधोगमा आगलागी भएको छ।
झण्डै साढे ६ बजेबाट सुरु भएको आगलागीमा स्थानीय , नेपाल प्रहरी,स.प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । बिजुलीमा खराबीका कारण पहिला पनि यस्तो धेरै घटना भएकाले गर्दा यो घटना पनि बिजुलीमा खराबीले गर्दा नै भएको हुन सक्ने स्थानीयहरूको अनुमान छ ।
आगलागीका कारण हार्डवेयर र फर्निचरमा धेरै क्षती पुगेको छ ।
घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।