/वैशाखमा तोकिएको समयमै चुनाव हुन्छ: प्रधानमन्त्री ओली

वैशाखमा तोकिएको समयमै चुनाव हुन्छ: प्रधानमन्त्री ओली

पुष १९,प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा उनले तोकिएकै समयमा चुनाव गराएर छोड्ने दाबी गरेका हुन् ।

‘वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाईंहरु भ्रमको पछि नलाग्नुहोस्’, उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ।’