/आज उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

आज उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

पश्चिमी वायुको प्रभावका कारण आज मध्य र पश्चिम क्षेत्रमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशु चौपाया कठ्याङ्ग्रिएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव शून्य पुगेको छ ।