/प्रचण्ड–नेपाल समूहले  पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटायो

प्रचण्ड–नेपाल समूहले  पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटायो

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले  पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाएको छ ।

आज बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गुरुङ र पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने निर्णय गरेको हो।

यस्तै गण्डकीका सह–इञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङ र सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मा दिइएको छ भने गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई र लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको नेकपा प्रचण्ड नेपाल पक्षले जनाएको छ ।