/कोरोना संक्रमण बढेसँगै बेलायतमा फेरी पनि लकडाउन

कोरोना संक्रमण बढेसँगै बेलायतमा फेरी पनि लकडाउन

पुष २१, बेलमयतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गर्नुभएको छ । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ ।

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उहाँले अपिल गर्नुभयो। बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भन्नुभयो , ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ ।

त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्ने बताउनुभयो । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ । बेलायतमा कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन सुरु गरिसकेको छ । एजेन्सी