पुष २१, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज मंगलबार सुरु हुनेभएको छ ।
प्रमुख प्रतिपक्षी दलहरुको मागपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।
पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गरेका थिए ।
विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ ।