/नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा संक्रमण पुष्टि,५ सय ७८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा संक्रमण पुष्टि,५ सय ७८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ७८ जना डिस्चार्ज भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

काेराेना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ।