/भिरकोटमा जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

भिरकोटमा जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

 


स्याङ्जा भिरकोटमा जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

 

भिरकोट नगरपालिका वडा नं २ दहथुमका ३८ वर्षीय एक पुरुष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

 २७ वर्षीया महिलालाई जबरजस्ती गरेको  खबर पाए पछी वालिक र कालिकोटको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।