/आजदेखि प्रतिनिधिसभा विघटन विरुद्दका मुद्दाहरुमा सुनुवाई हुँदै

आजदेखि प्रतिनिधिसभा विघटन विरुद्दका मुद्दाहरुमा सुनुवाई हुँदै

डिआर काफ्ले,

पुष २२, आजदेखि प्रतिनिधिसभा विघटन विरुद्दका मुद्दाहरुमा सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा बिघटन बिरुद्द दर्ता भएका मुद्दाहरूको निरन्तर सुनुवाइ आजदेखि  हुने भएको हो। 

प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाहरूलाई सर्वोच्चले संवैधानिक इजलासमा पठाएको थियो।

सर्वोच्वले अदालतलाई सघाउन एमिकस क्युरी पनि माग गरेकोले बरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, शतिसकृष्ण खरेल, बिजयकान्त मैनाली, पुर्णमान शाक्य र गीता पाठक संग्रौला रहेको एमिकस क्युरी सहितको  गठन भएको  छ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेसंगै उक्त कदमलाई  असंवैधानिक भन्दै दायर गरेको रिटमाथी संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाई पछि अदालतले राष्ट्रपति,प्रधानमन्त्री र सभामुखसँग जवाफ मागेको थियो । अदालतको आदेश अनुसार राष्ट्रपति,प्रधानमन्त्री र सभामुखले आ आफ्नो लिखिति जवाफ पेश गरिसकेका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका  छन्।

ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर भएको अवस्थामा प्रतिनिधिसभाको आगामी वैशाख १७ र २७ गते घोषित मध्यावधि निर्वाचन रोकिने छ। निर्वाचन आयोगले गर्ने निर्वाचनसम्बन्धी कारबारबाही प्रभावित हुनेछ।

तर, प्रतिनिधिसभा विघटन संवैधानिक भन्दै विघटन गर्ने सरकारको पक्षमा सर्वोच्चबाट फैसला आए प्रतिनिधिसभा पुनर्स्थापना हुने छैन र सरकारले घोषणा गरेअनुसार मध्यावधि निर्वाचन हुने छ।