पुष २२, आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।
पछिल्ला दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको हो।
प्रतितोला ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार ३०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोवार भइरहेको छ।