/पृथ्वी धेर छिटो घुम्दा वैज्ञानिकहरू चिन्तित

पृथ्वी धेर छिटो घुम्दा वैज्ञानिकहरू चिन्तित

पुष २२, पृथ्वी विगत ५० वर्षमा पहिलेको तुलनामा निकै छिटो घुमिरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । 

यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरू चिन्तित छन् । 

पृथ्वीले २४ घन्टाभन्दा पहिले नै आफ्नो धुरीमा एक परिक्रमा गर्न थालेको छ । यसले जनजीवनमा असर पर्ने देखिएको छ । 

सन् २०२० को जुन महिनादेखि त झन् पृथ्वी बढी नै तीव्र गतिमा घुमिरहेको छ । यसले गर्दा सबै देशहरूको समयमा परिवर्तन आइरहेको छ । वैज्ञानिकहरूले विभिन्न स्थानका आणविक घडीको समय परिवर्तन गर्नुपरेको छ ।

वैज्ञानिकहरूले घडीमा नेगेटिभ लीप सेकेन्ड जोड्नुपरेको छ । सन् १९७० देखि अहिलेसम्म २७ लीप सेकेन्ड जोडिसकिएको छ । 

अहिले पृथ्वी २४ घन्टामा ०.५ मिलिसेकेन्ड कम समय लिएर घुमिरहेको छ । 

चौबीस घन्टामा ८६ हजार ४०० सेकेन्ड हुन्छन् । यति सेकेन्डमा पृथ्वीको एक परिक्रमा पूरा हुन्छ । तर सन् २०२० को जुन महिनादेखि ८६ हजार ४०० सेकेन्डमा ०.५ मिलीसेकेन्डको कमी आएको छ । सन् २०२० को जुलाई १९ मा २४ घन्टामा १.४६०२ मिलीसेकेन्ड घटेको छ । 

यस्तो अवस्थाले सञ्चार व्यवस्थामा समस्या ल्याउन सक्छ किनकि भूउपग्रह र सञ्चारयन्त्रहरू सोलर टाइमअनुसार सेट गरिन्छन् । सूर्य, चन्द्रमा र ताराहरूको अवस्थितिका आधारमा समय निर्धारित गरिन्छ । 

फ्रान्सको राजधानी पेरिसस्थित अर्थ रोटेसन सर्भिसका वैज्ञानिकहरूले वैज्ञानिक समयसँग सामञ्जस्य कायम गर्नकमा लागि सन् १९७० देखि अहिलेसम्म २७ लीप सेकेन्ड जोडिसकेका छन् । पछिल्लोपटक सन् २०१६ मा लीप सेकेन्ड जोडिएको छ । तर यसपटक लीप सेकेन्ड हटाउन अर्थात् नेगेटिभ लीप सेकेन्ड जोड्ने स्थिति आएको छ । एजेन्सी