/गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले गर्यो मूल इकाई समिति गठन

गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले गर्यो मूल इकाई समिति गठन

पोखरा | पोखरा छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मूल इकाई कमिटी गठन गरेको छ ।

शिवम् शाही ठकुरीको नेतृत्वमा नेपाल विद्यार्थी संघ मूल इकाई कमिटी गठन गरेको हो ।

क्याम्पसमा नेपाल विद्यार्थी संघको विधान २०२७ को परिमार्जित विधान २०७३ अनुसार निहित अधिकारको प्रयोग गर्दै समिति विस्तार गरेको शिभिर श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बिधार्थी आन्दोलनमा यसले अझै इट्टा थप्दै जाने बताए ।