/स्वार्थ बाझिने प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने

स्वार्थ बाझिने प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने

पुष २२, प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरूको सुनुवाइका क्रममा आफूबारे प्रश्न उठेपछि एक न्यायाधीशले संवैधानिक इजलासमा नबस्ने निर्णय गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइका लागि बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुनः तोकेको संवैधानिक इजलासमा कार्कीलाई पनि राखिएको थियो। तर बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले त्यसबारेमा प्रश्न उठाएपछि न्यायाधीश कार्की स्वयंले आफू उक्त इजलासमा नबस्ने जानकारी गराएका थिए।

केपी शर्मा ओलीको नेतृत्वमा अघिल्लो पटक गठन भएको सरकारका महान्यायाधिवक्ता रहेका हरिकृष्ण कार्की संवैधानिक इजलासमा बस्दा स्वार्थ बाझिने भन्दै वरिष्ठ अधिवक्ताहरूले प्रश्न उठाउँदै आएका थिए।