/२४ घण्टामा ४१२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

२४ घण्टामा ४१२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

पौष २३, नेपालमा आज बिहिबार  थप ४१२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५६ हजार ६ सय ४४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९०३ रहेको छ ।