/प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

पौष २३, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, बमोजिम प्रधानमन्त्रीले प्रतिवेदन बुझाउनुभएको हो ।

यसैगरी संविधानको धारा २६(३) अनुसार राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षका हैसियतले प्रधानमन्त्रीले परिषद्को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको छ ।

त्यसबखत गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित हुनुहुन्थ्यो ।