/भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न रोक

भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न रोक

भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको हो  ।

भारतको झारखण्ड, हिमाञ्चल, गुजरात, केरला, मध्यप्रदेश, राजस्थान, महाराष्ट्रलगायतका ठाउँमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको भन्दै कडाइ गरिएको हो ।

यस्तै मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।