/डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

पौष २४, इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ ।

युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो ।

त्यस्तै आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोलसमेत गरेका छन् ।