पोखरा | सृजना चोक पोखरास्थित फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औ बार्षिक साधारण सभा तथा ८ औ अधिबेशन सुरु गरेको छ । संस्थाले ८ औ अधिबेशन जिरो किमि पोखरा ५ स्थित फेवा टावर भवनमा एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको हो ।
कोभिड १९ को महामारी संगै पूर्ण स्वास्थ्यका मापदण्ड अपनाएर कार्यक्रम गर्न लागिएको अधिबेशन तयारी मुल समितिका संयोजक सम्मर बहादुर श्रेष्ठ ले बताएका छन् ।
उक्त कार्यक्रममा सहकारीका सात सिध्दान्त सहकारीका महिला सदस्य किरण बैध बिजुक्छेले बाचन गर्नु भएको थियो भने कार्यक्रममा सहकारी का उपाध्यक्ष एवं साधारण सभा तथा अधिबेशन मुल आयोजक समितिका संयोजक सम्मर बहादुर श्रेष्ठ ले स्वागत गरेका थिए ।
चन्द्र प्रसाद गुरुङ्गले अध्यक्षता गरेको कार्यक्रममा पानसमा दिप प्रज्वलन गरी कार्यक्रम को उद्घाटन गरिएको थियो । अध्यक्ष गुरुङले उद्घाटन कार्यक्रममा बोल्दै सहकारीको महत्व र सहकारीको आबश्यकता सम्बन्धमा प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा प्रतिबेदन सचिव हरि भक्त पौडेल ले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिल बहादुर भटराई ले प्रस्तुत गरेका थिए ।
त्यस्तै लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक सगुन कोईरालाले प्रस्तुत गरेका थिए भने पूर्ब अध्यक्ष एवं निर्बाचन मण्डलका संयोजक नारायण प्रसाद भट्टराई, सहकारी संस्थाका सदस्य राम काजी गुरुङ्ग,सस्थाका प्रबिधिको ई. आनन्द सापकोटा लगायतका बक्ताहरुले सहकारी संस्थाको बारेमा चर्चा गरि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाले संचालन गरेका थिए ।