पोखरा, २४ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रयि अध्यक्ष कमल थापा शनिवार पोखरा आउने भएका छन् ।
पार्टी समायोजनपछि हुन लागेको झण्डोत्तर, चुनावचिन्ह हलोको अनावरण गर्ने र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन थापा पोखरा आउनु लागेको जिल्ला पार्टी नेता देवेन्द्र किशोर बास्तोलाले बताएका छन् ।
कार्यक्रम शनिवार बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा बिहान ११ बजे राप्रपा कास्कीले जनाएको छ ।