/वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ।

उनको आज शनिबार दिउँसो २ः५० बजे  ८६ वर्षको उमेरमा  निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या थियो। उनलाई अन्तिम समयमा निमाेनिया, मृगाैलाकाे समस्या देखिएकाे थियाे।

उनले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायतका गीत चर्चित छन् ।